अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

नेकपा एकीकृतका अध्यक्ष नेपालको स्वास्थ्य सुधार हुँदै

बिआरटीनेपाल २०७८ असोज १४ गते ७:३५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । ज्वरो र खोकीले गर्दा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । अध्यक्ष नेपालको निजी सचिवालयका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू