अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता

बिआरटीनेपाल २०७८ असोज १४ गते ७:३२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्कनुभएको छ । असोज ६ गते उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड–१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताउनुभयो ।

महासभाको क्रममा भारत, बंगलादेश, कुवेत लगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री खड्काले ७६ औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू