अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

पेशल आचार्यका दुई कविता

पेशल आचार्य २०७८ असार १६ गते ७:५३ मा प्रकाशित

१.  कविता

शरीरको भाषा –
सबैका
स्व
निज
र मौलिक भाषा हुन्छन्,
आँखाको भाषा
आँखाले बुझ्छ
मनको भाषा
मनले बुझ्छ
मस्तिष्कको भाषा
मस्तिष्कले बुझ्छ
यसै गरी
तदनुकुल
शनैः शनैः
सम्पूर्ण
वाक्प्रतीकहरू
आफ्ना आफ्ना सव्य हुन्छन्,

विपरीत ध्रुवमागएर बरु
भाषिक समन्वय गर्न खोज्दा
सबै अपसव्य हुने रहेछन्
यावत्
बुद्धि
विवेक
क्षमा
कला
र अहम्
जे भन तिमी
तराजुमा राखेर
जसरी तौल आफू
र परायालाई,

नढाँटी भन्दा
शरीरको भाषा
कारगर हुन्छ
र शरीरको भाषा
शरीरले मात्र बुझ्छ,

ज्ञानी र ध्यानीले
यहीमीमांशा गरेका छन्
यो दुःखको सागरमा
यो चिन्ताको भवसागरमा ।।

२ कविता

अहम्को तुष्टि – पेशल आचार्य
असल
ठुला
र शक्तिशाली
यीतीनमानिसहरूमध्ये
को संसारलाई काम लाग्ने
हिजोको आस्था सबै सबै
भत्किएको पाएँ
हिजोको गौरव पूरै पूरै
भग्नावशेष पाएँ

मानिस
आफूलाई एक
र बाँकीविश्वलाई आधा देख्छ रे !

आरोप, प्रत्यारोप र सत्यारोप
भाव, अभाव र प्रभाव
सलामी, गुलामी र मलामी
यी वित्तीय परिवेश बाहिर
आजका ठुला भनाउँदाहरू
शक्तिशाली भनिएकाहरू
र मैँ हूँभन्नेहरू
सबै सबै
कोहीपनिजान सकेनन्,

गाह्रो छ यहाँ
ठुलो हुन सजिलो छ
तर असल हुन धेरै गाह्रो छ
गाह्रो छ यहाँ
भरिन धेरै गाह्रो छ
अनिरित्तिनपनित गाह्रो छ,

सबै रित्ताहरू भरिन खोज्छन्
र सबै भरिएकाहरू रित्तिनचाहँदैनन्
किनकिन
मानिस सदियौंदेखि
यहीखोजिरहेको छ
तर पाइरहेको छैन ।।