अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

पोखरामा १८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २८ जनाको निधन

बिआरटीनेपाल २०७८ जेठ २ गते ६:५८ मा प्रकाशित

विभिन्न अस्पतालमा उपचाररत कास्कीका ९ जना र स्याङ्जाका ७ जनासहित गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोखराका अस्पतालहरुमा १८ जना र अन्य ठाँउका अस्पतालहरु तथा होमआइसोलेसनमा रहनु भएका १० जना गरी २८ जना संक्रमितहरुको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ९ जना, स्याङजाका ७ जना, बाग्लुङका २ जना तनहुँका ३ जना, म्याग्दी १ जना नवलपुर पूर्वका २ जना मुस्ताङका १ जना लमजुङका २ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

प्रतिक्रिया