अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

“राष्ट्रिय सभामा मेरो उम्मेदवारीमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो” – डा. देवकोटा

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:३३ मा प्रकाशित

राष्ट्रिय सभा सदस्यका लागि विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीबारे पुनर्विचार हुन नसक्ने प्रष्ट पार्नुभएको छ । उहाँले विकसित राजनीतिक घटनाक्रमका कारण उम्मेदवारीबारे पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय रहेको बताउनुभएको हो ।

सामाजिक सञ्जालमार्फत डा. देवकोटाले भन्नुभएको छ , ‘मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो।’

वैशाख ३० गते भएको राजनीतिक घटनाक्रमपछि एमाले विवाद समाधानको चरणमा प्रवेश गरेका बेला आफ्नो उम्मेदवारी अब के हुन्छ भन्नेमा चासो रहनु स्वभाविक नै रहेको देवकोटाले बताउनुभयो । नेकपा एमालेका नेता कार्यकर्ता लगायत सबै राजनीतिक दलहरुले आफूप्रति पूर्ण विश्वास र सदभाव राखेको अवस्थामा उम्मेदवारीप्रति प्रतिवद्ध रहेको उहाको भनाई छ ।

‘सबै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु’, देवकोटाले भन्नुभएको छ ।

प्रतिक्रिया