अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट

बिआरटीनेपाल २०७८ वैशाख १६ गते ८:२२ मा प्रकाशित

सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर, आईसीयू बेड लगायतका विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क समेत छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले अक्सिजन सिलिन्डर, आईसीयू बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आईसीयू मोनिटर लगायतका सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू