अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

आफ्ना नागरिकलाई भारत छाड्न अमेरिकाको आग्रह, स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको टिप्पणी

बिआरटीनेपाल २०७८ वैशाख १६ गते ८:०१ मा प्रकाशित

अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ ।भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडले कोरोनाबाट जुध्नका लागि मद्दत गर्ने सम्बोधनको क्रममा आफ्ना नागरिकका लागि पनि फर्कन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू