अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७
| Colorodo: 11:32
बुधबार भारतको असममा भूकम्प गएको छ ।भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पका कारण बिजुली बन्द भएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका केही स्थानमा समेत महशुस गरिएको छ। भूकम्पको क्षतिबारे थप विवरण आएको छैन् ।