अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्चको फैसला

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ६:२७ मा प्रकाशित

सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले गर्दै आएको स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ । बुधवारको संवैधानिक इजलासले स्छिङ अपरेसन नपाइने फैसला गरेको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको बहस गर्नुभएको थियो । अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा घुस खाने व्यक्तिको अनुसन्धानका लागि स्टिङ अपरेशन गर्दै आएको थियो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । घिमिरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजै (बुधबार)देखि लागू हुने गरी अमान्य र बदर गरिदिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू