अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

नेपालमा रूसी खोप स्पुतनिक–५ लाई आपतकालीन प्रयोगको अनुमति

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:३० मा प्रकाशित

नेपालमा रुसले बनाएको कोरोना खोपलाई आपत्कालीन अनुमति दिइएको छ । मंगलबार औषधि व्यवस्था विभागले रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप स्पुतनिक–५लाई आपतकालीन अनुमति दिएको हो ।

स्पुतनिक–५ खोप ९१.६ प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी गरिएको छ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित तरिकाले भण्डारण गर्न सकिने पनि कम्पनीले जनाएको छ । नेपालमा स्पुतनिक खोप आयातका लागि लोमस फर्मास्युटिकल्सलाई अनुमति दिइएको विभागका प्रवक्ता सन्तोष शर्माले जानकारी दिनुभयो ।

नेपालले यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाको सहयोगमा भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको ’कोभिसिल्ड’, भारत बायोटेकले बनाएको ’कोभ्याक्सिन’ र चीनको सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको ’भेरोसेल’ खोपलाई अनुमति दिइसकेको छ ।

केही दिनअघि मात्रै भारतले पनि रुसमा विकसित स्पुतनिक–५ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू