अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९
| Colorodo: 11:44
भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह आइतवार दिउँसो स्वदेश फर्किनुभएको हो । उहाँको स्वागतमा समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
राप्रपा नेपालको नाममा ‘नेपालमा स्वागत छ’ लेखिएको ब्यानरलगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरू विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिएलगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए । हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरूले राजाकाे समर्थनमा नारासमेत लगाएका थिए ।