अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

अमेरिकाको न्यूजर्सीमा जन्मिएकी प्राप्ति नेपाली भाषा सिकाउँदै (भिडियो सहित )

बिआरटीनेपाल २०७८ वैशाख २ गते ७:२८ मा प्रकाशित

पछिल्लो समय बिदेसिएका नेपालीहरूमा पनि नेपाली भाषालाई लिएर मोह बढ्दो छ । उनीहरू आफ्नो बालबच्चाले नेपाली प्रस्टसँग बोलोस् भन्ने चाहन्छन् । यस्तै अमेरिका मै जन्मिएर हुर्किएकी एक बालिकाले पनि अनलाइन मार्फत नेपाली पढ्न र लेख्न सिकाउने गरेकी छिन् । प्राप्ति नाम गरेकी बालिकाले अमेरिकाको न्यूजर्सीमा बसेर बालबालिकालाई पढ्न र लेख्न सिकाउन सजिलो हुने गरी एक युट्युब “प्राप्ति एन्ड ओपल” च्यानल खोलेकी छिन् l

उतै जन्मेकी प्राप्तिले नेपाली कक्षा लिँदै बिस्तारै नेपाली सिक्ने भन्दै पहिला १० वटा अक्षरहरू सिकाएको भिडियोमा देखिन्छ भने दोस्रो भाग र तेस्रो भागमा अन्य अक्षरहरु सिकाएकी छिन । उनले आफ्नो च्यानलमा नेपाली भाषा सरल रूपमा सिकाउनुका साथ साथै उत्प्रेरणा पनि दिइरहेकी छिन् । निकै राम्रो नेपाली भाषा बोल्न सक्ने उनले नेपाली समुदायलाई निकै लाभदायक हुने भिडियो बनाएकी छिन् l

साथै प्राप्तिले नेपाली सिकाएको भिडियो टिकटकमा पनि भाइरल भइरहेका छन् । उनको उक्त भिडियोलाई टिकटकमा करोड पटक भन्दा बढी हेरिएको छ भने हजारौँ शेयर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू