अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

ओलीको कार्यशैलीले नयाँ सरकार बनाउन बाध्य बनायोः नेता सिंह

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:२९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार गठन रहर नभएको भन्दै नेता सिंहले अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक नहुने बताउनुभयो ।

कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनित गरेका, संविधानको भावनाविपरीत गरेका काम संशोधन गरेर चुनाव गराउनका लागि जोड दिनुपर्ने उहाको भनाई छ ।

ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै उहाँले आफुहरुलाई सरकार बनाउने रहर नभई यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेपछि बाध्यता परेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू