अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

खोप वितरणमा भएको असमानताको विश्व स्वास्थ्य संगठनद्वारा आलोचना

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२९ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको आलोचना गरेको छ ।डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस खोप वितरणमा गम्भीर असमानता रहेको अस्वीकार्य रहेको बताउनुभयो । उहाँले आजसम्म विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको भन्दै अप्रिल र मे महिनामा उक्त लक्ष्य भेट्टाउन सक्ने अपेक्षा रहेको बताउनुभयो ।

डब्लुएचओले कोरोनाको खोपको समान वितरणमा जोड दिँदै आएको छ । कोभ्याक्स अभियानको नेतृत्व गरेको डब्लुएचओले सो अभियान अन्तर्गत हालसम्म एक सय देशमा तीन करोड ८० लाख मात्रा खोप वितरण गरिसकेको छ । कोभ्याक्सअन्तर्गत मार्च अन्तिमसम्ममा १० करोड खोप वितरण गर्ने तय भए पनि तीन करोड ८० लाख मात्रा वितरण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू