अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

नेपालभर थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ चैत १५ गते ७:५० मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार १ सय १ जनाको पीसीआर परीक्षण गर्दा थप सङ्क्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश सङ्क्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

यही अवधिमा ९५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा २ लाख ७६ हजार ८३९ जना सङ्क्रमित फेला परेका छन् ।

यसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् । यसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू