अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

सेफ सन्तोष शाहलाई नबिल बैङ्कको ‘हिरोज् अफ नेपाल’ सम्मान

बिआरटीनेपाल २०७७ चैत १२ गते ७:०३ मा प्रकाशित

काठमाडौँ, सेफ सन्तोष शाहलाई नबिल बैङ्कले एक कार्यक्रम बिच ‘हिरोज् अफ नेपाल’ सम्मान प्रदान गरेको छ । शाह नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौँको माया पाउन सफल भएका छन् ।

नबिल बैङ्कले आयोजना गर्दै आएको ‘हिरोज् अफ नेपाल’ को सम्मान यो वर्ष शाहलाई प्रदान गरिएको हो । हिरोज् अफ नेपालको यो दोस्रो संस्करण हो । नबिल बैङ्कले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च बनाउन सफल नेपालीहरूलाई सम्मान गर्ने गरेको छ ।

सेफ सन्तोष शाहले युकेको मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्वसामु चिनाउनका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएकाले उनलाई सम्मान दिइएको नबिल बैङ्कले भनेको छ । उक्त कार्यक्रममा बैङ्कको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू