अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

महान्यायाधिवक्ता खरेलद्धारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:१७ मा प्रकाशित

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको र आफुले ३ वर्षमा गरेका कामको पत्रकार सम्मेलन मार्फत जानकारी दिने गरेको स्मरण गर्नुभयो ।

खरेललाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेको थियो । २०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका खरेल केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्री हुनुहुन्थ्यो । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।

यसअघि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो । उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उहाँले राजीनामा दिन लागेको चर्चा थियो ।

त्यति बेला खरेलले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पार्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियक्त हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू