अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

भाइरस कोभिड १९ का कारण आज विश्वभर ३ हजार ६० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:१९ मा प्रकाशित

आज विश्वभरि नै कोरोना भाइरस कोभिड १९ का कारण ३ हजार ६० जनाको मृत्यु भएको छ । आज विश्वभरि नै ८१ हजार २ सय ८४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । हाल सम्म् विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नजिक पुगेको छ । विश्वभर अहिले सम्म २३ लाख ९५ हजार ७ सय ६१ जनाको मृत्यु भएको हो ।

हाल सम्म अमेरिकामा सबैभन्दा धेरै ४ लाख ९२ हजार ५ सय २१ जनाको मृत्यु भएको छ भने २ करोड ८१ लख ६ हजार ७ सय ४ जना सङ्क्रमित भएका छन् । यस्तै भारतमा हाल सम्म १ लाख ५५ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ भने १ करोड ८९ लाख २ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै ब्राजिलमा २ लाख ३७ हजार ६ सयको मृत्यु भएको छ भने ९७ लाख ६५ हजार मानिस सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू