अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

संसदमा भएको आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानुन व्यवसायीको तर्क

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:१८ मा प्रकाशित

गत जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक घटनामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नता नरहेको उहाँका कानुन व्यवसायीहरुले दावी गरेका छन् ।सद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका हुन् ।

संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । सो आक्रमणमा ट्रम्पको संलग्नता छ भन्नु गम्भीर झुठ बाहेक केही नरहेको सिनेटमा भइरहेको सुनुवाइका क्रममा उहाँका वकिलहरुले बताएका छन् ।वकिल भाइक्ष्कल भान डेर वीनले पूर्व राष्ट्रपतिविरुद्ध भइरहेको महाअभियोगको सुनुवाई राजनीतिक रुपमा प्रेरित भएर डेमोक्र्याटहरुले गरेको ‘विच हण्ट’ मात्रै रहेको दाबी गर्नुभएको सीएनएनले उल्लेख गरेको छ ।

ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समय मध्ये चार घण्टा भन्दा कम मात्रै प्रयोग गरे । उनीहरु महाअभियोगको सुनुवाई प्रक्रिया चाँडो पूरा गर्ने पक्षमा देखिएका छन् । गत नोभेम्बर ३ मा भएको निर्वाचनमा पराजित भएका ट्रम्पले नतिजा स्वीकार गर्न नमानी धाँधली भएको आरोप लगाउनुभएको थियो । सोही क्रममा ट्रम्पले आफ्ना समर्थकले निर्वाचनको नतिजा उल्ट्याउनका लागि अन्तिम प्रयास गर्न निर्देशन दिनुभएको थियो । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू