अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

प्रतिगमनविरूद्ध नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणाको तयारी

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । नेकपाको आन्दोलनरत पक्षले भोली दिउँसो २ बजे पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

नेकपाले संसद विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साता आन्दोलनरत दलहरुसँगको सहकार्यमा संयुक्त जनआन्दोलन समेत घोषणा हुन सक्ने यसअघि नै जानकारी गराउनुभएको थियो ।

नेकपा भित्रको विवाद र आन्दोलनको औचित्यबारे प्रकाश पार्न श्वेतपत्र जारी गर्ने नेकपाको तयारी छ । तर भोली घोषणा हुने भनिएको नयाँ चरणको आन्दोलनका कार्यक्रमको स्वरुपबारे भने केही खुलाइएको छैन ।

सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको नेकपाको निष्कर्ष छ । आज (शनिवार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौं शहीदले रगत बगाएर प्राप्त गरेको संविधान कुल्चिने षडयन्त्र भइरहेको बताउनुभएको छ । उहाँले शहीदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू