अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१
| Colorodo: 22:36
उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ ।पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा सवार सबैजनाको मृत्यु भएको बताइएको छ ।
बसमा महिला, बालबालिका र केही सुरक्षाकर्मीहरुसमेत रहेको बताइएको छ ।बिदा मनाउन घर फर्किएकाहरु पहिरोमा पुरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । मृतकहरुको शव निकालेर सुरक्षाकर्मीले आफन्तलाई बुझाएका छन् । लगातारको वर्षाका कारण उक्त क्षेत्रमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।