अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२
| Colorodo: 20:57
कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति ’लकडाउन’ घोषणा गरेको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँडडुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ । यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने जनाइएको छ ।