अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

पोखरामा हस्पिटलका स्वास्थ्यकर्मी र बिरामीसहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:०६ मा प्रकाशित

पोखरा महानगरपालिकामा ४६ सहित गण्डकी प्रदेशमा थप ५३ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १३ वडामा ३६ सहित, लमजुङ, म्याग्दी र तनहुँ १–१ जना वागलुङ र स्याङजाका २ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा कार्यरत २४ वर्षीया महिला स्वास्थ्यकर्मी र उपचाररत ४ पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत ३ पुरुष र २ महिला, पोखरा वडा नं. २ का १ पुरुष, ४ का ३ पुरुष, ५ का १ बालिका र १ महिला, ७ का ४ पुरुष, ८ का २ पुरुष र १ महिला, ९ का ६ जना पुरुष, १० का ३ जना पुरुष, ११ का १ पुरुष, १३ का १ पुरुष र १ महिला, १७ का ४ पुरुष र २ महिला, २६ का १ पुरुष, ३२ का १ पुरुष तथा वडा नखुलेका २ महिला र उमेर नखुलेका १ पुरुष रहेका छन ।

त्यसै गरी नेपाल आर्मीमा कार्यरत वागलुङका २३ वर्षीय पुरुष र वडा नखुलेका १ पुरुष, लमजुङका वडा नखुलेका १ पुरुष, तनहु आँवुखैरेनी ६ की १ महिला, म्याग्दी बेनीका १ पुरुष, स्याङजा पुतलीवजार २ र ४ का २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार १ सय ८७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू