अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

मध्य रातमा लुकेको बिहानी

ममता कर्माचार्य २०७७ असोज २१ गते ९:५७ मा प्रकाशित

दिनको अँगालो बोकी
रातसँग जोडेको सम्बन्ध
जुनेलीको साक्षीमा
मनको उज्यालोले छोपेको रात
खेलेको लुकामारी
दिनलाई बादल भित्र लुकाई
रातलाई बोकी उदाएको सूर्य
आफ्ना किरण लुकाउँदै
पोल्टा भरि दिएको
सपनाका किरणहरू
छाम छुम गर्दै एक आपसमा
अमूर्त प्रेम
शान्त र सुनसान रातले अनुहारमा एक अँजुली घाम
अटल विश्वास मनको फूलबारीमा,
आँखा अघिल्तिर शु्न्य आकृति
जीवनका मोड र घुम्तीहरूमा
जीवन भित्र जीवन
रातसँग उदाएको बिहानी
निरन्तर उदाएको सूर्य
मध्य रातमा लुकेको बिहानी…….