अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

कहाँ छ सिङ्गो माया

ममता कर्माचार्य २०७६ पुष २६ गते १०:५८ मा प्रकाशित

कहाँ छ, सिङ्गो माया
देख्छु अवतीर्ण टुक्रा टुक्रा
अवचेतनमा
भौतारीदै छन् ।

खोज्दैछन् यता उता
कता कता,
सााटिदै छन् टुक्रा टुक्रा माया
दिनलाई लुकाइ
जुनेली रातको साक्षीमा

दृश्य र अदृश्यमा
ख़ुशी र हाँसोहरू
जीवनको पलहरूसँग
बाध्यता विवशतामा
बाँधिएको आस्थामा

आनन्द र ख़ुशी लागी
यता उता, कता कता,
भट्किन्छ,
एउटा शून्य प्रेम…..