अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

ट्रम्पसँग बहस गर्न बाइडेनद्धारा अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै बाइडेनले केही गरी अझै पनि ट्रम्प संक्रमित नै भए दोस्रो टेलिभिजन बहस गर्न नहुने उहाँले बताउनुभएको हो ।

आगामी बहस फ्लोरिडाको मियामीमा यही १५ अक्टोबरका लागि तय गरिएको छ । १ अक्टोबर विहीबार गरिएको परीक्षणमा ट्रम्पमा संक्रमण पोजिटिभ देखिएको थियो । त्यसपछि उहाँको अमेरिकी सैन्य अस्पतालमा उपचार गरिएको थियो । ६ अक्टोबरमा गरिएको अर्को परीक्षणमा नेगेटिभ देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

अमेरिकी सार्वजनिक स्वास्थ्य निर्देशन अनुसार पनि लक्षण देखिएको दिनबाट अरु दश दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । तर ट्रम्प दोस्रो टिभी बहसमा लागि तयार रहेको उहाँका सल्लाहकार जेना एलिसले जानकारी दिएका छन् ।एलिसले गएको टिभी बहसमा बाइडेनले राम्रो गर्न नसकेकाले बहसबाट उम्किने दाउ खोजिरहेको आरोप समेत लगाउनुभयो ।

गत हप्ता गरिएको टिभी बहसलाई इतिहासकै खराब बहसका रुपमा लिइएको छ । जहाँ ट्रम्प र बाइडेन एकापसमा झगडाको स्तरमै ओर्लिएका थिए ।

प्रतिक्रिया