अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

कोरोनाको प्रभावकारी र सुरक्षित खोप यसै वर्षको अन्त्यसम्म आउने विश्व स्वास्थ्य संगठनको दावी

बिआरटीनेपाल २०७७ असोज २१ गते ६:५० मा प्रकाशित

कोरोना महामारी विरुद्ध लड्नका लागि चाहिने खोपलाई लिएर सबैको ध्यान खोपमाथि छ । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोपको विभिन्न चरणमा परीक्षण भइरहेको छ । यसै क्रममा विश्व स्वास्थ्य संगठनले सुरक्षित र प्रभावकारी कोरोना विरुद्धको खोप यसै वर्षको अन्त्यसम्ममा तयार भइसक्ने दावी गरेको छ ।

संगठनका प्रमुख डा टेड्रोस एड्हनोम घेब्रियेससले हाल भइरहेको विभिन्न परीक्षणले सन् २०२० को अन्त्यसम्ममा खोप आइसक्ने र समान वितरणका लागि पनि विश्वका विभिन्न मुलुकहरुसँग छलफल भइरहेको जानकारी दिनुभयो । संगठनको कार्यकारी बोर्डको बैठकमा डा टेड्रोसले विश्व स्वास्थ्य संगठनको अनुवाईमा बनिरहेको कोभ्याक्स ग्लोबल भ्याक्सिन फेसिलिटीमा  प्रायोगिक भ्याक्सिन अहिले पाइपलाइनमा रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू