अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

विजय कुमारको नयाँ कृति ‘सम्बन्धहरू’ बजारमा

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:५२ मा प्रकाशित

खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ। यो पुस्तक अस्ट्रेलिया र न्यूजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो।

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञा जस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताउनुभयो ।

प्रकाशकका अनुसार यो पुस्तक जीवनको अस्थायीपन, अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू