अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कलाकार सुवास थापा अमेरिकामा अन्तर्राष्ट्रिय सिनेमामा अभिनय गर्दै

बिआरटीनेपाल २०७७ असोज १४ गते २२:४५ मा प्रकाशित

नेपाली चलचित्रका नायक सुवास थापा अन्तर्राष्ट्रिय सिनेमा “हाउ टु किप योर म्यान हयाप्पी”मा अभिनय गर्ने भएका छन् । बिआरटी नेपालसँगको कुराकानीमा उनले यो कुराको जानकारी दिएका हुन ।

सिकागोका फिल्मकर्मी कन्ट्रेल राइटले निर्माण र निर्देशन गरेको सिनेमामा उनी देखिने भएका छन् । यसमा उनी सफल व्यवसायीको रूपमा अभिनय गर्दैछन । अश्वेत परिवारमा बढ्दो सम्बन्धबिच्छेद सँगै पुरुष र महिलाको एक्लो जिन्दगी सँगै उनीहरूको छोराछोरी पारिवारिक कथा उक्त सिनेमा समेटिएको छ । निर्देशक राइट आफैले लेखेको यो पुस्तककै कथा सिनेमामा उतारिएको हो । यो सिनेमा सँगै सुवासले अन्तर्राष्ट्रिय सिनेमामा आफ्नो पहिलो पाइला राखेका छन् ।

बिर्खेलाई चिन्छस्, फेसबुक, सरि ल, जस्ता चलचित्रमा अभिनय गरेका उनी नेपाली रङ्गमञ्च हुँदै सिनेमा भित्रिएका थिए भने हाल उनी आफ्नो परिवारको साथमा टेक्ससको अस्टिनमा छन् । कोरोनाको कहर सुरु भए देखी सुवास तथा उनकी श्रीमती कलाकार बिनी थापा रङ्गमञ्चका नाटक, डान्स र अभिनयका क्लिपहरू सामाजिक सञ्जालमा राखिरहेका छन् ।

प्रतिक्रिया