अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

“बलात्कारको घटना रोक्न सरकारले निष्ठापूर्वक काम गरिरहेको छ” – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७७ असोज १४ गते ७:०३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताउनुभएको छ ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छरसात जना बलात्कृत हुने गरेको देखिएको भन्दै यो समस्या रोक्न पहल भइरहेको बताउनुभएो हो । गृहमन्त्री थापाले बलात्कारका घटना रोक्न पीडकको पहिचान तथा कारबाहीलाई सशक्त बनाउनुको साथै कानुनमा केही कमजोरीहरु छन् कि भन्ने विषयमा समेत बहस भइरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले देशमा बलात्कारका घटना बढे पनि विश्वका अरु देशको अवस्था तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको दाबी गर्नुभयो । विश्वका दुई सय देशको अवस्था तुलना गर्दा नेपालको अवस्था राम्रो भएको तर अहिलेको अवस्था रोक्न पनि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू