अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

नेपालमा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु, १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:३९ मा प्रकाशित

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले आज २ जना महिला र २ जना पुरुष गरि ४ जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो । कोरोना सङ्क्रमणबाट सुनसरीका ३८ वर्षका र भक्तपुरका ५१ बर्षका महिला तथा बाँकेका ४७ वर्षका र गुल्मीका ३४ वर्षका पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । जसमध्ये ५४ हजार ६४० जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ७४२ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशरभमा १९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू