अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

नेपालमा कोरोना संक्रमतिको संख्या ७१ हजार ८ सय नाघ्यो, थप १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३० मा प्रकाशित

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । आज (शनिबार) १ हजार २ सय ७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा ७२४ जना रहेका छन् । तीमध्ये ५ सय ८३ जना काठमाडौंका, ७८ जना ललितपुरका र ६३ जना भक्तपुरका हुन् । त्यस्तै, मोरङमा ७८ र रुपन्देहीमा ७३ जना संक्रमित थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । जसमा १० हजार ५ सय ८ जना ‘होम आइसोलेसन’मा र ७ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । देशभर २ सय २४ जना ‘आइसीयू’मा र २७ जना भेन्टिलेटरमा रहेका छन् । गएको २४ घन्टामा १० हजार १९ जनाको मात्र ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार १ सय ४७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यो कुल संक्रमितको ७३.८ प्रतिशत हो । पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ । मृतकमा २० देखि ८८ वर्षीय पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंका २० र ७४, ललितपुरका ७६, भक्तपुरका ८८, रुपन्देहीका ७२, मकवानपुरका ७४, कैलालीका ३० र सप्तरीका ६३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । यो संक्रमित हुनेहरुबाट मृत्युको ०.६५ प्रतिशत हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू