अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

दीपाले ल्याइन् ” मैले कोरेको चित्र”

बिआरटीनेपाल २०७७ असोज ८ गते ११:५१ मा प्रकाशित

बोस्टन , अमेरिका । साहित्यकार दीपा राई पुनले ” मैले कोरेको चित्र” बोलको गीति भिडियो सार्वजनिक गरेकी छिन् |

बिहीबारबाट युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतलाई हरि लम्सालले सङ्गीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन् । निकेश खड्काको निर्देशनमा तयार भएको गीति भीडीयोमा नायिका प्रियङ्का कार्की र नायक आयुशमान देशराजले अभिनय गरेका छन् ।

विशेषतः कविताका क्षेत्रमा कलम चलाउँदै आएकी दीपाको प्रस्तुत गीतको निर्माण उनकी आमा विमला राईले गरेकी हुन् । मायामा विश्वास गर्नेहरूको कथा बोकेको उक्त गीतमा सुन्दर दृश्यलाई कैद गरिएको छ| चलन चल्तीको गीत भन्दा फरक धारमा गीत लेख्दै आपकी दीपाको भीडीयोलाई बुद्ध थापाले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् |

प्रतिक्रिया