अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२
| Colorodo: 20:37
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बुधबार सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छन् । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो । त्यसपछि असोज पहिलो सातादेखि उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।