अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

विश्वभर २ करोड २८ लाख ५४ हजार ७ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:१४ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड २८ लाख ५४ हजार ७ सय ८८ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ८० हजार ६ सय ३ पुगेको छ । हालसम्म, कुल सङ्क्रमितमध्ये ९ लाख ६५ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७४ लाख ६० हजार १ सय ४७ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६१ हजार २ सय ५४ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख ९८ हजार ८ सय ९३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७० लाख ५ हजार ६ सय ८६ जना संक्रमित भएका छन् भने २ लाख ४ हजार १ सय २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ५४ लाख ९१ हजार ४ सय १० जना संक्रमित हुँदा ८७ हजार ९ सय ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४५ लाख ४४ हजार ६ सय २९ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार ८ सय ९५ जनाको कोरोनाकै कारण, मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू