अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

देशभरका नदीमा पानीको बहाव बढ्दै, हावाहुरीसहित वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ असोज ५ गते २:१३ मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागले असोज ६ गते रातीबाट देशका सबै नदीमा पानीको बहाव बढ्ने र बाढी आउनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाले देशभर हावाहुरीकोसमेत सम्भावना रहेको जनाएको छ ।

महाशाखाले असोज ६ गते रातिदेखि असोज ११ गतेसम्म सबै नदीमा पानीको मात्रा बढ्ने भएकोले सचेत रहन अनुरोध गरेको छ । नदीमा पानीको बहाव उच्च हुने पूर्वानुमान रहेको भन्दै सबैलाई सचेत रहन महाशाखाले आग्रह गरेको हो । असोज ६, ७, ८, ९, १० र ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न र अति उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी ५ दिन देशका अधिकांश स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी ४–५ दिनसम्म भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू