अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगायो

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:३४ मा प्रकाशित

अमेरिका सरकारले आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको वीत्त विभागले आइतबारदेखि चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको हो ।ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ । एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो ।

दुवै चिनियाँ कम्पनीले अमेरिकी आरोप अस्वीकार गरेका छन् । आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन् । त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्ने छ । टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व सम्बन्धमा अमेरिकी कम्पनी ओरेकल र बाइटडान्सबीचको सहकार्यको योजना सहमतिमा पुग्यो र ट्रम्पले त्यसलाई स्वीकृत गरे भने टिकटकमाथि प्रतिबन्ध नलाग्ने अन्तर्राष्ट्रिय जगतले अनुमान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू