अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

नेकपा सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बस्ने

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रवार बस्ने भएको छ । यस पटकको सचिवालय बैठक कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालयमा बोलाइएको छ । पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भई बैठक पेरिसडाँडामा बोलाइएको हो ।

दाहालले कार्यकारी अध्यक्षको भूमिका पाएपछि पेरिसडाँडामा सचिवालय बैठक राख्नु भएको हो । नेकपाको सबैजसो बैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू