अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

आन्तरिक हवाई उडान, होटल तथा रेस्टुरेन्ट पनि असोज १ देखि नै खुल्ने

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:१७ मा प्रकाशित

सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

विमानमा यात्रुको सङ्ख्या सिट क्षमताको ५० प्रतिशत मात्रै राख्न पाइने छ । यस्तै विदेशीका लागि हिमाल आरोहण पनि सरकारले खुलाएको छ ।

आउँदो कात्तिक १ गतेदेखि हिमाल आरोहण खोलेको तर त्यसका लागि बढीमा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू