अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:३७ मा प्रकाशित

बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ३ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय २५ रुपैयाँ कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया