अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६
| Colorodo: 04:41
कास्कीको रुपा गाँउपालिका ६ मा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । बराहथोकका काजीबहादुर विकको घर पहिरोले पुर्दा उहाँकी २० वर्षीया छोरी सिर्जना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।
सोमबार रातिदेखि परेको पानीका कारण मङ्गलबार बिहान ४ बजेतिर विकको घर पहिरोले पुरिएको हमालले बताउनुभयो । पहिरो आएको थाहा पाएर घरका अरु सदस्य भने घर बाहिर निस्किन सफल भएकोले उनीहरु सकुशल रहेको उहाँको भनाइ छ ।
Full page photo