अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

मुलुकको आर्थिक वृद्धिद्धर ऋणात्मक हुने– केन्द्रीय तथ्यांक विभाग

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:४५ मा प्रकाशित

केन्द्रीय तथ्यांक विभागले यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने जनाएको छ । विभागले गत जेठ पहिलो साता राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कोरोना महामारीका कारण आर्थिक क्रियाकलाप पूर्णरुपमा सञ्चालन हुन नसक्दा आर्थिक वृद्धिदर २.२८ प्रतिशतमा सीमित रहने जनाएको थियो ।

तर, पछिल्लो तीन महिनायता पनि आर्थिक क्रियाकलापमा कुनै सुधार नआएकाले आर्थिक वृद्धिद्धर ऋणात्मक हुने देखिएको विभागले जनाएको छ । ‘पछिल्लो समय आर्थिक क्रियाकलाप सुस्ताएकाले यस वर्ष आर्थिक वृद्धिद्धर ऋणात्मक हुनसक्ने बताईएको छ । विभागले आर्थिक वर्ष २०७६/७७ को ९ महिनामै तथ्यांक सार्वजनिक गरेर आर्थिक वृद्धिद्धर साढे २ प्रतिशतमा सीमित रहने भनेपनि अहिले विविध कारण देखाउँदै तथ्यांक सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ ।

तर, विभागले उद्योगको अवस्थाबारे पूर्ण जानकारी नआएकोले तथ्यांक सार्वजनिक गर्न ढिलाइ भइरहेको दाबी गरेको छ । विभाग स्रोतकाअनुसार उद्योग, पर्यटन, व्यापार, होटल, यातयातलगायतका क्षेत्र प्रत्यक्ष प्रभावित भएकाले आर्थिक वृद्धिद्धर ऋणात्मक हुने संकेत देखिएको छ ।

नेपाल राष्ट्र बैंकले गत असारमै कोभिड– १९ ले पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ४ प्रतिशत उद्योगमात्रै पूर्णरुपमा खुलेको, ३५ प्रतिशत आंशिक तथा ६१ प्रतिशत उद्योग अझै खुल्न नसकेको बताएको थियो । राष्ट्र बैंकले रोजगारी उद्योग, होटल रेस्टुरेन्ट, यातयात क्षेत्र प्रभावित भएसँगै अर्थतन्त्रमा समेत गम्भीर असर परिरहेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

राष्ट्र बैंककाअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा आर्थिक वृद्धिद्धर ऋणात्मक हुनेछ । गत आर्थिक वर्षको अन्त्यमै आर्थिक वृद्धिद्धर ० देखि १ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंक स्रोत बताउँछ ।आर्थिक क्रियाकलाप सुस्ताएको कारण नेपालको आर्थिक वृद्धिद्धर गत चैतमै १.५ देखि २.८ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको थियो ।

चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिद्धर हासिल गर्ने सरकारी लक्ष्य छ । अहिले विविध कारण देखाउँदै सरकारी निकायले तथ्यांक सार्वजनिक गर्न भने ढिलाइ गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू