अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

’एसएमएस’ को पालना गरे कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१९ मा प्रकाशित

सरकारले ’एसएमएस’ को पूर्ण पालना गरे कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सक्ने जनाएको छ ।’एस’ अर्थात् सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ ।

यस्तै ’एम’ अर्थात् मास्क, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाए कोरोनाको जोखिम धेरै कम हुन्छ । त्यसैगरी ’एस’ अर्थात् सरसफाइ, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धोए वा साबुन पानी नभए स्यानिटाइजरमार्फत हात सफा गरे कोरोना भाइरस सङ्क्रमण हुन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले सरकारले हरेक दिन आग्रह गर्दै आएको शब्द ’एसएमएस’ लाई पूर्ण पालना गरे कोरोनाको सङ्क्रमणलाई रोक्न सकिने दाबी गर्नुभयो ।यस्तै उहाँले केही सञ्चारमाध्यममा मास्क र स्यानिटाइजरको प्रयोगले कोरोना रोकथाममा काम नगर्ने जस्ता भ्रामक समाचार र अन्तर्वार्ता आएको भन्दै यसको विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले सत्यरतथ्य जानकारी लिन सरकारले दिएका निर्देशन र सूचना वा पैसा नलाग्ने नम्बर ११५५ मा फोन गर्न पनि आग्रह गर्नुभयो ।

प्रवक्ता गौतमले अहिलेको अप्ठ्यारो परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । मेला, चाडपर्व, भेला फेरि–फेरि पनि आउने तर सानो हेलचक्रयाइँले आफन्तको ज्यानसमेत जाने हुँदा त्यसो नगर्न उहाँको आग्रह छ । साथै उहाँले मोबाइल एप्लिकेसन कोभिड एनपी डाउनलोड गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू