अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३०
| Colorodo: 04:45
स्वास्थ्य मन्त्रालयले थप ३ वटा अस्पताललाई कोभिड–१९ अस्पतालमा सूचिकृत गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पताल बनाएको जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले केन्द्रीय अस्पतालमा १ हजार र प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप गरेको जानकारी दिएको छ । साथै ६ सय ४९ स्थानीय पालिकामा ५ वटा बेडको दरले ३ हजार २४५ बेड थप गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरि नेपालमा प्लाज्मा थेरापी उपचारबाट हालसम्म महिला र पुरुष गरी २० जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।