अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

कुखुराको मासुमा पनि फेला पर्यो कोरोना भाईरस

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४७ मा प्रकाशित

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मासुजन्य पदार्थमा समेत फेलापरेको तथ्य बाहिर आएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको हो ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जनाएको छ । सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जानकारी गराएको हो । फ्रोजन कुखुराको पखेटामा कोरोना संक्रमण भेटिएको सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू