अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

संघीय संसदको बजेट अधिवेशन अचानक अन्त्य

बिआरटीनेपाल २०७७ असार १८ गते ६:४३ मा प्रकाशित

संसद अधिबेशन अचानक अन्त्य गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ ।

यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो ।

वैशाख २६ गतेबाट शुरु भएको संसदको यस अधिवेशनले नागरिकता, निजामती सम्बन्धी विधेयक र एमसीसी सम्झौताबारे निर्णय गर्नुपर्ने भएपनि बैठक हठात् अन्त्य गरिएको हो । त्यसा त ,एमसीसी पारित गर्न नदिन नेकपाकै ओलीविरोधी नेताहरु लागिपरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू