अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

अमेरिकाले विकिलिक्सका संस्थापक असान्जमाथि अभियोग थप्यो

बिआरटीनेपाल २०७७ असार ११ गते ७:०५ मा प्रकाशित

अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ । असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पुर्याउनेतर्फ केन्द्रित छ ।

न्याय विभागले अद्यावधिक गरेको अभियोगमा असान्जले लल्जसेक र एनोनिमस ह्याकर समूहका मानिसलाई अमेरिकी गुप्तचर सामग्रीमा सम्पर्क स्थापित गर्न प्रयोग गरेको उल्लेख छ । न्याय विभागले जारी गरेको वक्तव्यमा विकिलिक्सले एउटा नेटो मुलुकको सरकारी कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको उल्लेख छ ।

असान्जमाथि अफगानिस्तान र इराकमा अमेरिकी सैन्य कारबाहीका गोप्य दस्ताबेजहरु सन् २०१० मा सार्वजनिक गरेको आरोप छ । अमेरिकाले असान्जको यो कार्य अमेरिकी गुप्तचर ऐन विपरीत रहेको भन्दै असान्जमाथि अमेरिकामा मुद्दा चलाउन चाहेको छ । अमेरिकाले ४८ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङ मार्फत अमेरिकी गोप्य सूचना चोरेको आरोप लगाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू