अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

ट्रम्प प्रशासनले हाई स्किल कामदार रोक्ने तयारी

बिआरटीनेपाल २०७७ जेठ १८ गते १४:४५ मा प्रकाशित

न्युयोर्क, अन्तरिक्ष यान स्पेसएक्सको अपेक्षित उडानको हर्षोल्लास मनाइरहेको ट्रम्प प्रशासनले एच वानबी भिसामा अमेरिका भित्रिने ‘हाइ स्किल’ कामदार भने रोक लगाउने तयारी गरिरहेको छ, भोब्स पत्रीकाले लेखेको छ । विडम्बना के छ भने स्पेसएक्सका संस्थापक एलन मस्क एस वानबी भीसामै अमेरिका आएका थिए । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइ स्किल कामदार अमेरिका आउनबाट रोक्न लागेका हुन् ।

एच वानबी भिसा दक्ष विदेशी कामदार लामो समयका लागि अमेरिका भित्र्याउने एक मात्र व्यवहारिक बाटो हो । तर, ट्रम्प प्रशासनले एच वानबी भिसामा थप कडाइ गर्न लागेका छन् । त्यसअनुसार, एच वानबी भिसा भएका विदेशी नागरिक र विद्यार्थी कम्पनी सर्न पाउने छैनन् । यस्तो व्यवस्था उनीहरूका श्रीमान् वा श्रीमतीको हकमा समेत लागु हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

गत २२ अप्रिलमा जारी गरिएको प्रेसिडेन्सियल प्रोक्लेमेसनले धेरैजसो आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । एच वानबी र एल वान भिसा भएकाहरू आप्रवासी नभएर अस्थायी बसोबासको अनुमति पाएको मानिस हुन् । तर, यी दुवै भिसा भएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन सक्ने सम्भावना रहेको बताइन्छ । त्यस विषयमा सम्बद्ध अधिकारीहरूबिच छलफल भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै एल वान भिसामा अमेरिकामा बहुराष्ट्रिय कम्पनीले दक्ष विदेशी कामदार एक्जेकेटि, मेनेजेर लगायतका भूमिकामा ल्याउने गरेका छन् । रोजगारीको सुरक्षाका नाममा उनीहरूलाई आउनबाट रोक लगाइए विशेष ज्ञान र प्रविधि आदानप्रदानमा रोक लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू