अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

विश्वभर २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण

बिआरटीनेपाल २०७६ चैत ३० गते ८:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको बताएको छ ।

डब्लुयूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको हो ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको सङ्क्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू