अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकहरुद्वारा स्व. भट्टराईको परिवारलाइ सहयोग

बिआरटीनेपाल २०७६ फागुन २० गते ११:२५ मा प्रकाशित

स्वर्गीय केशव भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरूले एक लाख छब्बिस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन । निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास बोर्डका पूर्व अध्यक्ष तथा सहयोग सङ्कलन समितिका संयोजक राजकुमार राईलाई निर्देशक दिपाश्री र सञ्चार कर्मी प्रकाश सुवेदीलाई निर्देशकहरुले पठाएका रकम हस्तान्तरण गरे ।

अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लामिछाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादव सिलवाल, बीबी फुयाँल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो । सञ्चार कर्मी सुवेदीले यो रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी दिए । सहयोग गर्न चाहनेले बैङ्क खाता सिटिजन बैङ्क कपन शाखामा खाता नम्बर ०२४०१०००००५०७०४१ जम्मा गराइदिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया